टप खबर

निजी क्षेत्रसँग उद्धार सामग्री सहयोग गर्न सरकारको आग्रह

Lumbinikhabar Online

सरकारले सम्भावित बिपद्बाट सुरक्षाका लागि निजी क्षेत्रसँग उद्धार सामग्री सहयोग गर्न आग्रह गरेको छ।

गृह सचिव रामेश्वर दंगालले राजनीतिक तरलता र अनिश्चयको अवस्थामा विपद्‍बाट हुनसक्ने जनधनको क्षति कम गर्न गैरसरकारी क्षेत्रको ठूलो भूमिका भएकोले विपद्का सन्दर्भमा आफ्नो भूमिका पहिचान गरेर योगदान गर्न आग्रह गरे।

यही असोज २० गतेसम्म कोसीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा गैरसरकारी संस्थाहरूको भूमिका सम्बन्धमा गरिएको भर्चुअल विपद् संवादमा सरकारको तर्फबाट यस्तो आग्रह गरिएको हो।

Tags

छुटाउनु भयो कि ?