वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली टोलीका लागि आइतबार भिसा दिएको हो ।
आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुने यो प्रतियोगिताको टोली क्यानले घोषणा गरिसकेको छ ।
प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम थियो। तर, जेन-जी आन्दोलनका नाममा नेपालमा व्यापक विध्वंशपछि यूएईले नेपालीलाई भिसा दिन अस्वीकार गरेको थियो ।

