टप खबर

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अव​रुद्ध, खुलाउने प्र​यास जारी

Lumbinikhabar Online

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड बन्द भएको छ।

मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको हो।

मंगलबार राति ८ः५० बजेतिर इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको हो।

अहिले एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ भने थप लोडर र एक्साभेटर लैजाने तयारी गरिएको छ। प्रहरी निरीक्षक सिंहले पहिरो पन्छाउन कम्तीमा दुई घण्टा लाग्ने जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?