सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद वैठकले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा शोक मनाउन विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
यस्तै आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने पनि सरकारले निर्णय गरेको छ ।
‘ जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय भउको छ। तर, ठाउँ अहिले यकिन भइसकेको छैन। ‘ सञ्चारकर्मीहरूसँग उनले भने ।
अहिलेसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

