अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डमा पहिरो खसेको हो। पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ।
बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए।

