एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ। आइतबार राति दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको जित निकालेको हो।
टस जितेर सुरुमा ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य भारतले मात्र २५ बल बाँकी हुँदै १५.५ ओभरमा भेट्टाएको हो। भारतले उक्त लक्ष्य भेट्न मात्र तीन विकेट गुमाएको थियो।
भारतविरुद्ध पाकिस्तानको सुरुआत नै खराब भयो। दुई ओभरमा ६ रनमा २ विकेट गुमाएपछि दबाबमा परेको पाकिस्तानलाई शाहिबजादा फारहानले सम्हालेका थिए। उनले ४४ बलमा ४० रन बनाउँदा र फखर जमनले १५ बलमा १७ रन जोडे।
पूरै २० ओभर खेलेको पाकिस्तान ९ विकेटको क्षतिमा १२७ रनमा समेटिएको हो।

