सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च सबै ब्यहोर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यस्ताे निर्णय गरेको जानकारी गराउनुभएकाे हाे । साथै, मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने निर्णय भएको उहाँकाे भनाइ छ ।
अहाँले भन्नुभयाे,-‘अहिले मृतकका परिवारहरु काठमाडौं भ्यालीमै छन् । उनीहरु बसेको, उठेको, खाएको त्यो खर्च हेरिदिने, मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्याउन कसैले चाहन्छ भने सवारीको पनि व्यवस्था गरिदिने आदि निर्णय भएको छ ।’

