जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।
आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।
गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर करिब ७२ जनाको मृत्यु भएको मुख्य सचिव अर्यालले बताए ।

