टप खबर

प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ ज​नाउछौँ : माओवादी केन्द्र

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ रहेको जनाएको छ ।

उक्त पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शुक्रबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी वर्तमान संसद्‌ विघटन गर्ने निर्णय मुलुको संवैधानिक व्यवस्थाविपरीत रहेको उल्लेख गरेका हुन्‌ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारीको आकस्मिक बैठकले ‘वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको सवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको’ सापकोटाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

Tags

छुटाउनु भयो कि ?