काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै देश बचाउन शुभकामना दिएका छन् ।
शपथ पश्चात उद्घोषकले बधाई सहित शुभकामना र फोटो सेसनका लागि आव्हान गरेका थिए ।
सो क्रममा पौडेलले कार्कीलाई भने- ‘बधाई छ, धेरै धेरै शुभकामना । देश बचाउनुस्, जनता बचाउनुस् ।’

