टप खबर

राष्ट्रपतिले धारा ६१ प्रयोग गरी सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त

Lumbinikhabar Online

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ प्रयोग गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्।

शीतलनिवासमै बिहीबार र शुक्रबार विभिन्न पक्षसँग परामर्श र सहमतिपछि राष्ट्रपतिले यो निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले हिजै संविधानको पालक र संरक्षकमा रूपमा वर्तमान संकटको निकास दिन तयार भएका थिए। संविधानमा ‘कमभन्दा कम क्षति पुग्ने गरी’ संसदबाहिरबाट प्रधानमन्त्री चयन र अन्तरिम सरकार गठन गर्ने बाटो निकाल्न संविधानविद्हरूले पनि परामर्श दिएका थिए।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन जेनजीको सिफारिस र दबाब थियो।

Tags

छुटाउनु भयो कि ?