टप खबर

सुशीला कार्कीलाई शपथ ग्रहण ९ ब​जे, कम्तिमा २ देखि ३ मन्त्रीको सपथग्रहण प​नि हुने

Lumbinikhabar Online

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ । स्रोतका अनुसार ९ बजे उनको शपथ हुने छ । अहिले पत्र तयार भइरहेको जनाइएको छ ।

उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएकाे छ । बैठकले संकटकालकाे सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पाैडेलले अनुमाेदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयाेग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्राेतले जनाएकाे छ ।

राष्ट्रपतिज्यूले नयाँ प्रधानमन्त्रीलाई नियुक्त गरेपछि उनी मन्त्रिपरिषदको काम अगाडि बढाउनेछन्। अन्तरिम प्रधानमन्त्री सँगै अन्य कम्तिमा दुई मन्त्रीको सपथग्रहण हुने भएको छ ।

Tags

छुटाउनु भयो कि ?