टप खबर

काठमाडौँमा निषेधाज्ञा: बिहान ६ देखि ११ र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने

Lumbinikhabar Online

नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय केही घटाएको छ।

जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले सूचना जारी गर्दै आज (शुक्रवार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ।

‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सुरक्षा समितिहरूबाट निम्नबमोजिम व्यवस्था गरिएको छ,’ सेनाले सूचना जारी गर्दै भनेको छ।

सेनाले भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म भने कर्फ्यु आदेश जारी रहने जनाएको छ।

साथै आन्तरिक र बाह्य उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्।

546614844_1106394258339719_3165913421921783308_n_5CrVo92Ru5

Tags

छुटाउनु भयो कि ?