टप खबर

सेनाको सहजीकरण र राष्ट्रपतिको भूमिकाको सराहना गर्दै दिए यस्ता सुझाव

Lumbinikhabar Online

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको बताएका छन्।

बिहीबार बिहान विज्ञप्तिमार्फत उनले विगतमा आफ्नो नेतृत्वको सरकारले चालेको सुशासनको कदमबाट त्रसित भएर बनेको काग्रेस-एमालेको सरकारको दमन र कुशासनकै कारण जेनजी  पुस्ताका युवाहरूसहित जनताको आक्रोशले विष्फोटको रुप लिएको उनको भनाई छ।

१० बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका पूर्वप्रधानमन्त्री प्रचण्डले जेनजी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा हुनुपर्नेमा पनि जोड दिएका छन्।

त्यसका लागि रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको उनले सराहना पनि गरेका छन्।

Tags

छुटाउनु भयो कि ?