टप खबर

जेन-जी प्रदर्शन: ज्यान गुमाउनेको संख्या ३०, घाइते १००० भ​न्दा ब​ढी

Lumbinikhabar Online

जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

आन्दोलनका क्रममा घाइते भएका २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आन्दोलनमा एक हजार ३३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ सय १३ जना उपचारपछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै ४ सय ३६ जना घाइतेहरू ल्याइएको निजामती अस्पतालबाट ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै १ सय ६१ जना ल्याइएको ट्रमा सेन्टरमा ५८ जना उपचाररत रहेका छन् । ८ जनाको मत्यु भइसकेको छ । उता भेरी अस्पताल नेपालगञजमा २८ जना उपचारका लागि आएका थिए । जसमा ५ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?