टप खबर

बालेनको समर्थनमा सुशीला कार्कीलाइ, नागरिक सरकार गठन गर्ने त​यारी

Lumbinikhabar Online

जेनजी आन्दोलनका कारण निर्वाचित सरकार विस्थापित भएपछि नागरिक सरकारको कसरत सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताको आह्वान गरेलगत्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सरोकारवाला सबैपक्षसँग सघन छलफल गरिरहेका छन्।

मंगलबार रातिबाट प्रधानसेनापति सिग्देलले थालेको छलफल जारी छ। यसबीचमा आन्दोलनको मुख्य शक्ति जेनजी समूहहरूबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्नु पर्ने प्रस्ताव सशक्त रुपमा आएको छ।

जेनजी विभिन्न समूहमा छरिएका भए पनि कार्कीका पक्षमा एकमतजस्तै देखिएका छन्। उनीहरूले सामूहिक रूपमा आफ्नो एजेन्डासहित कार्कीलाई अनुरोधपत्र पनि दिएका छन्।

विभिन्न चरणका छलफल र वार्ताहरूमा सहभागी स्रोतहरूका अनुसार, जेनजीबाट पत्याइएका व्यक्ति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि सुशीला कार्कीका नाममा समर्थन जनाएका छन्।

Tags

छुटाउनु भयो कि ?