त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानकारी दिएको हो ।
काठमाडौँ उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम् परिस्थितिलाई कारण देखाउँदै यस्तो निर्णय लिइएको हो ।
कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान-अवतरण मार्गमा देखिएको धुवाँको मुस्लो लगायत कारणले जोखिम बढेको जनाएको छ।

