टप खबर

सर्वोच्च अदालत ज​ल्दा ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट

Lumbinikhabar Online

सर्वोच्च अदालत अझै जलिरहेको छ।  काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए।

अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन। भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ।

सर्वोच्च अदालतमा बिहान पुग्दा त्यहाँ कर्मचारीहरू शोकमग्न भएर वरिपरि उभिरहेका थिए।

अब दमकल ल्याएर आगो निभाउन पनि त्यसको उपादेयता नै  नरहेको भनिरहेका थिए।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट भएको बताए।

Tags

छुटाउनु भयो कि ?