बिबिध

नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ: संयुक्त राष्ट्र संघीय मानवअधिकार

Lumbinikhabar Online

सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले आपत्ति जनाएको छ । यस घटनाको छानविन गर्न कार्यालयले माग गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीका तर्फबाट जारी नोटमा भनिएको छ, ‘नेपालमा प्रदर्शनकारीहरूको हत्या एवं घाइते भएकोमा हामी स्तब्ध बनेका छौँ । यसको शीघ्र र पारदर्शी अनुसन्धानको लागि आग्रह गर्दछौँ ।’

सामाजिक सञ्जाल प्लेटफर्ममा नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको रिपोर्ट आफूहरूलाई प्राप्त भएको वक्तव्यमा जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?