टप खबर

अनावश्यक ध्वनी प्रदूषण नगर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आग्रह

Lumbinikhabar Online

नेपाल प्रहरीले विभिन्न मानवीय क्रियाकलाप गर्दा उत्पन्न हुने ध्वनी प्रदूषण कम गर्न नागरिकलाई सचेत गराएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले आज सूचना जारी गर्दै ध्वनि प्रदूषण नगर्नेतर्फ ध्यान दिन नागरिकलाई सचेत गराएको हो।

ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेकोसमेत प्रहरीले जनाएको छ।

रानीपोखरीले सार्वजनिक सूचना जारी गरेर राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन ‘उर्दी’ जारी गरेको हो ।

प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदशुषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै जारी गरेको सूचनामा बिहान नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्नसमेत भनेको छ ।

सूचनामा मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न र ठूलो आवाज आएमा छिमेकभन्दा पर लगेर चालु गर्न पनि भनिएको छ ।

Tags

छुटाउनु भयो कि ?