टप खबर

एमालेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत राख्न नपाइने

Lumbinikhabar Online

नेकपा एमालेका महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत प्रस्तुत गर्न नमिल्ने बताउनुभएको छ ।

पार्टी मुख्यालय च्यासलमा बुधबार विधान महावेशनकाे बारेमा आयोजित पत्रकार सम्मेलन उहाँले यस्ताे बताउनुभएकाे हाे । विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताकाे बारेमा फरक मत राख्न नमिल्ने उहाँकाे तर्क छ।

महासचिव पोखरेलले सोही विषयमा पार्टीका उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टी केन्द्रीय कमिटी बैठकमा फरक मत राखेको भए पनि पार्टी कमिटीको निर्णयमाथिको सो फरक मत विधान महाधिवेशनमा छलफलको विषय गर्न विधानले नदिने जिकिर समेत गर्नुभयो । पार्टीका उपाध्यक्ष पाण्डेले सो विषयमा विधान महाधिवेशनमा फरक मत राख्ने घोषणा गरिसक्नुभएकाे छ ।

तर महासचिव पोखरेलले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा मात्रै फरक मत राख्न सकिने बताउनुभयो । उहाँले विधान अधिवेशनमा विधानसँग सम्बन्धित विषयमा मात्रै फरक मत राख्न सकिने उल्लेख गर्नुभएकाे छ । पार्टी निर्णयको असहमती पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न उचित हुने उहाँको भनाइ थियो ।

Tags

छुटाउनु भयो कि ?