टप खबर

रुपन्देही-३ मा रास्वपाको उम्मेदवार ब​ने लेखजंग थापा

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।

पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो ।

उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए । तर थापाले बाजी मारेका छन् ।अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ ।

आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । जसमा थापाले बढी भोट पाएको रास्वपाले जनाएको छ ।  उनी वरिष्ठ न्युरोलोजिस्ट हुन् भने एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन् ।

हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख र नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्।

Tags

छुटाउनु भयो कि ?