News in Nepali

कालापानी र लिपुलेकको विषयमा भारत सँग सिधासिधा कुरा ग​र्ने मै हुँ: प्रचण्ड

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक आफूले सिधासिधा कुरा गरेको बताएका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरेँ । मेरो नेतृत्वको सरकारले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल–भारत सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गराएको हो’, उनले भने, ‘यो कुरा तपाईंहरूले पनि बुझ्नुपर्‍यो । तल जनतालाई पनि बुझाउनुपर्‍यो ।’

आफू प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा समकक्षीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेकजस्ता सीमा समस्या समाधानका लागि गरिएको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनुपर्ने उनले बताए ।

प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमीक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौती उत्पन्न भएको समेत बताए ।

उनले प्रदेशका नेताहरूका सुझाव र चिन्तालाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीले ठूला ठूला चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने उल्लेख गरे ।

Tags

छुटाउनु भयो कि ?