टप खबर

बैंक जमानतमा रिहा गर्न माग गर्दै रबि लामिछानेले हाले उच्च अदालतमा निवेदन

Lumbinikhabar Online

जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार उच्च अदालत दाङको बुटवल इजालसमा निवेदन लिएर पुगेका छन् ।

जिल्ला अदालत रूपन्देहीले रविलाई थुनामै पठाउने आदेश गरेको थियो । यसविरुद्ध रविले उच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको निवेदन अस्वीकृत गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि कारागारमा छन् । उनको निवेदन उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता भएको हो । रूपनन्देही कारागारमा रहेका लामिछानेलाई केही दिनअघि काठमाडौंको नख्खु कारागारमा सारिएको छ ।

Tags

छुटाउनु भयो कि ?