इजरायली सेनाले गाजा सहर कब्जा गर्न र यसलाई पूर्ण नियन्त्रणमा लिन स्थल आक्रमणअघि लगभग ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलाइएको बताएको छ।
अधिकारीहरूका अनुसार त्यसको तयारीस्वरूप सैनिकहरू पहिले नै जैतुन र जबालिया क्षेत्रमा तैनाथ छन्।
यो योजना इजरायलको रक्षामन्त्रीले मंगलबार अनुमोदन गरेका हुन्। अब यसलाई यसै हप्ता सुरक्षा मन्त्रिपरिषद्मा राखिनेछ।
गाजा सहरमा बसोबास गर्ने लाखौँ प्यालेस्टिनीलाई त्यहाँबाट हट्न र दक्षिणी गाजामा बनाइएका आश्रयस्थलमा जान आदेश दिइने अनुमान गरिएको छ।
यसैबीच इजरायलका धेरै सहयोगीहरूले उक्त योजनाको आलोचना गरेका छन्।

