टप खबर

राष्ट्रपति ट्रम्पसँग सकारात्मक छलफल भ​यो: युक्रेनी राष्ट्रपति जेलेन्स्की

Lumbinikhabar Online

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यानो भेटवार्ता भएको प्रतिक्रिया दिएका छन् । उनले वार्ता सकारात्मक भएको पत्रकारलाई बताएका हुन् ।

गएराति ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पत्रकारसँग ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले भने, “ट्रम्पसँग न्यानो वार्ता भएको छ । वार्ता राम्रो र सामान्य भयो।” ट्रम्पले रुसी राष्ट्रपति भ्लादीमिर पुटिसँगको भेटपछि युरोपेली नेतासँगै जेलेन्स्कीसँग वार्ता गरेका हुन् ।

ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि गरेको यो प्रयासलाई युरोपेली नेताले सकारात्मक भनेका छन् ।

Tags

छुटाउनु भयो कि ?