लगातार घट्दै आएको बैंकको ब्याजदर चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि झर्ने क्रममै रहेको छ । निक्षेपमा ब्याजदर घट्दा ऋणको ब्याजदर पनि सस्तो बन्दै गएको छ । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर ५.६९ प्रतिशतबाट घटेर ५.५७ प्रतिशत पुगेको छ भने संस्थागत मुद्दतिमा ४.११ बाट ३.९६ प्रतिशतमा सीमित भएको छ।
२० वाणिज्य बैंकमध्ये ८ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाएका छन् भने प्रभु बैंक मात्र बढाउने बैंक बनेको छ । प्रभुले ४.२५ प्रतिशतबाट बढाएर ५.३५ प्रतिशत पु¥याएको छ ।
स्ट्याण्डर्ड चार्टर्डले सबैभन्दा बढी १.१३ प्रतिशत घटाएको छ । भदौ महिनामा व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनआईसी एसिया बैंकले (६.२५ प्रतिशत) दिने भएको छ भने सबैभन्दा कम लक्ष्मी सनराइज बैंकले (५ प्रतिशत) प्रस्ताव गरेको छ। संस्थागत निक्षेपमा भने ७ बैंकले मात्र ब्याजदर घटाएका छन्, कुनै बैंकले बढाएका छैनन् ।

