टप खबर

रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौंको नख्खु कारागार ल्याइयो

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइपुर्‍याइएको छ । रविको स्वागतमा बसेका कार्यकर्ता र समर्थकलाई छल्दै प्रशासनले रविलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याएको छ ।

त्रिभुवन विमानस्थलमा रविको स्वागतमा बसेका समर्थकलाई भेट गर्न नदिई आयल निगम हुँदै नख्खु कारागारतर्फ लगिएको हो ।

नख्खु कारागार बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । उनीहरूले रविको समर्थनमा नाराबाजी गरेका थिए । रविले समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए ।

गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।

तर, उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो। आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो।

Tags

छुटाउनु भयो कि ?