बलिवुड

बलिउडका धेरैजसो पुरुष अभिनेता असभ्य: कंगना रनौत

Lumbinikhabar Online

बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक फिल्म उद्योगका भित्री व्यवहारबारे चर्चा गरेकी छिन् ।बिहीबार एक अन्तर्वार्तामा कंगनाले आफ्नो करियरका अनुभव सुनाउँदै, उद्योगका धेरैजसो पुरुष अभिनेता ‘असभ्य’ ’ हुने गरेको बताइन्।

अन्तर्वार्तामा होस्टले सोधेका थिए – “के तपाईंलाई कहिल्यै हिरोहरूबाट अनुचित प्रस्ताव वा व्यवहारको सामना गर्नुपर्‍यो ?” कंगनाले जवाफमा भनिन्, “मैले धेरै हिरोहरूसँग त काम नै गरेकी छैन ! किन भने धेरैजसो हिरोहरू असभ्य हुन्छन्।”

उनले स्पष्ट पार्दै भनिन्, “मैले यो कुरा यौनजन्य दृष्टिले मात्र भनेको होइन। जस्तै सेटमा ढिलो आउनु, असभ्य व्यवहार गर्नु, नायिकालाई हेप्नु, साइडलाइन गर्नु, सानो भ्यान दिनु जस्ता कुरा…यी सबका कारण मैले धेरै पटक समस्याको सामना गर्नुपर्‍यो। अनि सोच्नुस् त, यिनै कारण मेराविरुद्ध मुद्दा दायरसमेत गरियो ! किन ? किनकि म यी कुरामा मौन बस्न तयार थिइनँ, जबकि अन्य धेरै केटीले यसलाई सामान्य ठान्थे ।

Tags

छुटाउनु भयो कि ?