खेलकुद

एनपीएलको अक्सनको पहिलो चरण सम्पन्न, ८ फ्रेन्चाइज टोलीले भित्र्याए २६ खेलाडी

Lumbinikhabar Online

काठमाडौं गोर्खाजले ३७ लाख रुपैयाँ खर्चेर आदिल आलमसहित ५ खेलाडी अनुबन्ध गरेको हो। अन्य टोलीहरूले भने पहिलो चरणमै आवश्यक संख्याका खेलाडी भित्र्याउन सकेनन्।

यस सिजनमा सबैभन्दा बढी मूल्य १५ लाख रुपैयाँ आदिल आलमसँगै अर्जुन साउद, देव खनाल र पवन सर्राफले पाए। अर्जुन र देव चितवन राइनोजमा पुगेका छन् भने पवन सर्राफ कर्णालीबाट खेल्ने भएका छन्।

पहिलो चरणमा अनसोल्ड भएका खेलाडीलाई दोस्रो चरणमा न्यूनतम मूल्यमा टोलीहरूले अनुबन्ध गर्ने अवसर पाउने छन्।

कुन टाेलीमा कुन खेलाडी
मयन यादव: जनकपुर (७ लाख ५० हजार)
आदित्य महता: जनकपुर (५ लाख)
सचिन भट्ट: जनकपुर (२ लाख)
हेमन्त धामी: सूदुरपश्चिम ( १० लाख)
टेकबहादुर रावत: सुदूरपश्चिम (२ लाख)
दीपेन्द्र थापा: सुदूरपश्चिम (२ लाख)
पवन सर्राफ: कर्णाली (१५ लाख)
युवराज खत्री: कर्णाली (१० लाख)
इमरान शेख: कर्णाली (२ लाख)
दीपक डुम्रे: कर्णाली (२ लाख)
देव खनाल: चितवन (१५ लाख)
अर्जुन साउद: चितवन (१५ लाख)
सन्तोष यादव: काठमाण्डू (१० लाख)
उत्तम थापा मगर: काठमाण्डू (३ लाख)
मोहमद आदिल आलम: काठमाण्डू (१५ लाख)
आकाश त्रिपाठी: काठमाण्डू (७ लाख)
तुलबहादुर थापा: काठमाण्डू (२ लाख)
कृष्ण पौडेल: पोखरा (२ लाख)
अर्जुन कुमाल : पोखरा (५ लाख)
अभिषेख तिवारी: पोखरा (२ लाख)
सूर्य तामाङ : विराटनगर (१० लाख)
नारायण जोशी: विराटनगर (५ लाख)
साहिल पटेल : विराटनगर (५ लाख)
दिलीप नाथ: लुम्बिनी (१० लाख)
शेर मल्ल: लुम्बिनी (१० लाख)
विशाल पटेल: लुम्बिनी (५ लाख)

Tags

छुटाउनु भयो कि ?