News in Nepali

कैलाली कारागारमा झडप विषयमा छानबिन गर्न समिति गठन

Lumbinikhabar Online

कैलाली कारागारमा भएको झडपको विषयमा छानबिन समिति गर्न पाँच सदस्यीय समिति गठन भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा  प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीनायव उपरीक्षक जनकराज पन्त सदस्य छन् ।

त्यस्तै अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य छन् ।  ‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ समितिलाई १० दिनको समय दिइएको छ । हिजो राति कैलाली कारागारभित्र भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । एक जनाको आइसियुमा उपचार भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?