टप खबर

सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुन​स​केन​: शेखर कोइराला

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको बताए ।

उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको टिप्पणी गरे ।

कोइरालाले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे ।

Tags

छुटाउनु भयो कि ?