टप खबर

भारतका प्र​तिद्व​न्दी हराउँदै नेपालका रवीन्द्रले जिते ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

Lumbinikhabar Online

नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) इभेन्टमा ऐतिहासिक जित हासिल गरेका छन् ।

उनले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै सनसनीपूर्ण जित निकालेका हुन् । उनले तेस्रो राउन्डको ५४औँ सेकेन्डमै भारतीयलाई नकआउट गरिदिए । उनले प्रतियोगिता जित्दै एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारे ।

योसँगै ढाँटले आफ्नो व्यावसायिक करियरमा नवौँ जित दर्ता गरे । यो फाइटका लागि उनले निकै कडा तयारी र मिहिनेत गरेका थिए । त्यो कुरा भारतीय फाइटरविरूद्ध ढाँटको रणनीति सुधार र नवीनताले पुष्टि गरेको छ ।

ढाँटले इभेन्टको दोस्रो राउन्डमा कोरेनलाई थोरै दबाबमा राखे । त्यसपछि तेस्रो राउन्डमा कडा र चाँडो आक्रमण गर्दै विपक्षीको बचाउलाई निस्तेज पार्दै नकआउट जित हासिल गरे । उनका प्रशिक्षक र टिमका सदस्यहरूले पनि उनको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?