टप खबर

माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जानुहोस्: झलनाथ खनाल

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जान भनेका छन् । माधव नेपालले शुक्रवार खनाललाई पार्टी छोडेर जान भनेपछि खनालले शनिवार पत्रकार सम्मेलन गरेर जवाफ फर्काएका हुन ।

माधव नेपालबाट आफूलाई पार्टी छाड भन्ने अभिव्यक्ति आउला भन्ने आफूले कल्पना पनि नगरेको खनालले बताए ।

उनले अध्यक्ष नेपाललाई पार्टी चलाउन सक्ने क्षमता नभए आफैँ छाडेर हिँड्न सुझाए । अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान भनेपछि खनालले आफूले बोलेको विषयले पार्टीलाई असर गरेको भए पार्टी बैठक बोलाउन माग गरे।

‘उहाँले मेरो अन्तर्वार्ताको कुरालाई सुनेर पार्टी छाड भनेर आदेश दिनुभएछ। उहाँले आदेश दिने बित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ। नेताले छाड्छ। यही हो पार्टीको नेताको हैसियत? मैले त भव्य नेताको रूपमा हेरेको थिएँ उहाँलाई तर यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म छ।’ खनालले भने ।

Tags

छुटाउनु भयो कि ?