काठमाडौं- दक्ष इन्टरनेशनलको आयोजनामा ‘ग्लोबल स्टार अवार्ड २०२५’ भव्य र गौरवमय ढंगले सम्पन्न भएको छ। नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनमा आयोजित यस समारोह वरिष्ठ मेकअप आर्टिष्ट तथा दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो।
समारोह दुई चरणमा विभाजित थियो। पहिलो चरणमा आयोजित विशेष सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. चन्द्र भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यस चरणमा समाजसेवा, शिक्षा, पत्रकारिता, स्वास्थ्य, साहित्य, पर्यटन, महिला सशक्तिकरण लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
दोस्रो चरणमा सम्पन्न मुख्य अवार्ड समारोहका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्थ्यो। यस अवसरमा गीत–संगीत, सौन्दर्य विधा, चलचित्र, अभिनय, निर्देशन, फेसन डिजाइन, सामाजिक सेवा लगायतका ४० विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरुलाई ‘ग्लोबल स्टार अवार्ड २०२५’ प्रदान गरिएको थियो।
अवार्ड वितरणका लागि वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बास्कोटा, अभिनेत्री सनी रौनियार, अभिनेत्री चैत्यदेवी, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, अभिनेता रमेश उप्रेती, अभिनेता उत्तम केसी, प्रा. डा. बावुराम गौतम, डा. सीता ढुङ्गाना, डा. सुशिलजंग शाह, डा. अपर्णा शाह, नेपाली सेनाका ब्रिगेडियर जनरल राजन अधिकारी र जोनसन खड्का लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।
समारोहमा करिब एक दर्जन सांसद, राजनीतिज्ञ, प्रतिष्ठित कलाकार, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। सांगीतिक प्रस्तुतीहरू, सम्मान तथा पुरस्कार वितरणले समारोहलाई अत्यन्तै जीवन्त बनाएको थियो।
कार्यक्रमको अफिसियल फोटोग्राफरको जिम्मेवारी प्रतिष्ठित फोटोग्राफर ब्रद्री थापाले सम्हालेका थिए । कार्यक्रमको सञ्चालन चर्चित सञ्चारकर्मी प्रियंका प्रसाईले गरेकी थिईन।
कार्यक्रमका संयोजक तथा अध्यक्ष टेकराज पाण्डेले ‘ग्लोबल स्टार अवार्ड’ को उद्देश्य नेपाली प्रतिभाहरूको पहिचान, सम्मान तथा अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको योगदानलाई उजागर गर्नु रहेको उल्लेख गर्नुभयो। समारोहले नेपाली कला, संस्कृति, सेवा र सिर्जनात्मकताको प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास लिइएको छ।
संगीत, साहित्य, पत्रकारिता, सौन्दर्यकला, उद्यमशिलता तथा सामाजिक सेवामा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याएका ४६ जना विशिष्ट व्यक्तित्वहरूलाई “ग्लोबल स्टार इन्टरनेशनल अवार्ड २०८२” बाट एक भव्य समारोहका बीच सम्मान गरिएको छ।
कार्यक्रममा नेपाली गीत–संगीतका लिजेन्डरि व्यक्तित्वहरूमध्ये वरिष्ठ गायक सिताराम पोखरेल र लोकप्रिय गायिका अञ्जु पन्तलाई नेपाली सांगीतिक यात्रामा पुर्याएको दीर्घ योगदानका लागि सम्मान गरियो।
त्यस्तै, समाजसेवा, कार्यक्रम व्यवस्थापन तथा रेकर्डको क्षेत्रमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल व्यक्तित्व राजेन्द्र लुइटेल (कार्यक्रम व्यवस्थापन संघ, नेपालका अध्यक्ष) लाई विशेष सम्मान प्रदान गरियो। सामाजिक अभियन्ता, अभिनेत्री तथा कार्यक्रम निर्देशक शान्ता तामाङको प्रेरणादायी कार्यलाई समेत विशेष सम्मानका साथ प्रस्तुत गरिएको थियो।
गीत, पत्रकारिता, निर्देशन र सञ्चारको क्षेत्रलाई समर्पित वरिष्ठ स्रष्टाहरू डब्बु क्षेत्री, कृष्ण भुषाल, कमल कुमार बस्नेत, नवराज बजगाईं लगायतले लामो समयदेखि नेपाली सञ्चार र कलाक्षेत्रलाई बलियो बनाएका छन्। यस्तै, हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’लाई उनको बहुआयामिक प्रतिभाका लागि सम्मान गरिएको हो।
सौन्दर्य सेवा क्षेत्रमा विशिष्ट पहिचान बनाएकी अफशान नेवा ‘हायु’ (एपी ब्यूटी सलुन), सुनिता टण्डुकार, सरिता गुरुङ, शोभा कार्की, सिता तामाङ, अनु गुरुङ, धनु कन्दङ्वा, मञ्जिला सुवेदी लगायतका ब्यूटिसियनहरूलाई पनि सम्मान गरियो। उनीहरूले सौन्दर्यकला मात्र होइन, महिलाको आत्मबल र सशक्तिकरणमा प्रेरणा दिने कार्य गरेका छन्।
समाजसेवामा अगुवाइ गर्दै आएकी ईशा गुरुङ तथा शान्ता शर्मालाई सामाजिक उत्तरदायित्वप्रतिको योगदानका लागि सम्मान प्रदान गरिएको थियो। रिवन ईन्टरटेनमेन्टका प्रमुख एवं प्रसिद्ध ईभेन्ट डाईरेक्टर निशु झा सहित उद्यमशिलताको क्षेत्रमा युवाहरूको पहिचान बनेका सुबास श्रेष्ठ, बलराम कार्की, सन्दीप खनाल, सुनिल अर्याल, मन्दिरा सिटौला, होटल व्यवसायी एवं पर्यटन उद्यमी बालकृष्ण पोखरेल लगायतका उद्यमीहरूलाई नयाँ सोच र सिर्जनशीलतामा देखिएको क्रियाशीलता स्वरूप सम्मान गरियो।
धार्मिक, आध्यात्मिक र सेवा कार्यमा लागेका विनोद कार्की ‘मोहनिको महाराज’, सरु पुन ‘माता’ श्याम बहादुर महत ‘हारती माता’ लाई धार्मिक सेवामा पुर्याएको योगदानका लागि सम्मान गरियो। विदेशमा बसेर नेपाली सांगीतिक र सामाजिक चिनारीलाई कायम राख्ने प्रयास गरेका हरि कर्माचार्य (अमेरिका), केशव आचार्य (दुबई), लगायतलाई पनि ‘प्रवासी प्रेरणा’का रूपमा चिनाउँदै सम्मान गरियो।
लोकप्रिय गायकहरु रामकृष्ण श्रेष्ठ गायिका सन्तोषी कार्की,गायिका रमा थापा, गायिका पुजन काफ्ले, गायिका जुनु रिजाल, गायिका मञ्जु थापा लगायतका सांगीतिक साधकहरूलाई उनीहरूको निरन्तर योगदान स्वरूप सम्मान प्रदान गरिएको हो। नेल आर्ट र सामाजिक क्षेत्रमा सक्रिय लिना सुवेदी, सञ्चार, मोडलिङ र पोडकास्टिङमा सक्रिय रञ्जित पौडेल, रक संगीतमा आफूलाई चिनाएका विनोद ढकाल, तथा लोकप्रिय फोटोग्राफर बद्री थापा समेत समारोहमा सम्मानित भएका विशिष्ट प्रतिभाहरू थिए।
ग्लोबल स्टार अवार्ड २०२५ प्राप्त गर्ने विशिष्ठ व्यक्तित्वहरु
अलोन रेशम :उत्कृष्ट निर्देशक – संगीत भिडियो
अमित सापकोटा :उत्कृष्ट लोक गायक (पुरुष)
आनन्द कार्की : सर्वाधिक लोकप्रिय गायक (पुरुष)
अश्रु महर्जन :उत्कृष्ट फेसन कोरियोग्राफर
बेंचमार्क हेयर एन्ड ब्यूटी स्टुडियो एकेडेमी : उत्कृष्ट हेयर तथा ब्यूटी विशेषज्ञ संस्था
भगवती लमिछाने (गरिश्मा पौडेल) :उत्कृष्ट महिला मोडल – संगीत भिडियो
भावना पन्त : उत्कृष्ट प्रेरणादायी युवा अन्तर्राष्ट्रिय महिला पाइलट
बिरेन्द्र हमाल : उत्कृष्ट निर्देशक – नाटक
चित्रकला पौडेल :उत्कृष्ट सौन्दर्य विशेषज्ञ – लुम्बिनी प्रदेश
क्युटी केयर ब्यूटी हब एन्ड ट्रेनिङ सेन्टर : उत्कृष्ट सौन्दर्य प्रशिक्षण संस्था
दर्शन हिङ्गाङ (डम्बर) : उत्कृष्ट आधुनिक गायक (पुरुष)
डिना गुरुङ : उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली फेसन डिजाइनर
एलिना चौहान :सर्वाधिक लोकप्रिय गायिका (महिला)
फ्लाइटेक इन्टरनेशनल :उत्कृष्ट एयर होस्टेस तालिम संस्था
गिता उप्रेती :उत्कृष्ट मेकअप कलाकार – कार्यक्रम विधा
गोविन्द कडेल ‘आँसु’ :उत्कृष्ट गीतकार – आधुनिक मेलोडी गीत
आइडिया मिडिया ट्रेनिङ नेपाल :उत्कृष्ट फोटोग्राफी तथा भिडियोग्राफी तालिम संस्था
कमल शर्मा आचार्य : सम्भावनाशील गीतकार
केदारनाथ देवकोटा :विशिष्ट भागवत वाचक सम्मान
मदनकृष्ण श्रेष्ठ / त्रिप्ती खड्का गुरुङ : सर्वाधिक लोकप्रिय युगल गायक–गायिका
मञ्जु खत्री :उत्कृष्ट छाला सौन्दर्य विशेषज्ञ
मञ्जु राना : उत्कृष्ट मोडल – भक्ति गीत विधा
मञ्जु थापा गुरुङ :उत्कृष्ट तीज गीत गायिका
मेघनाथ रेग्मी उत्कृष्ट वैदिक ज्योतिषाचार्य
नवराज बजगाईं उत्कृष्ट गीतकार – राष्ट्रिय भाव गीत
निलम गुरुङ उत्कृष्ट मोडल – पेजेन्ट विधा
निशा के.सी. उत्कृष्ट लोक गायिका
परितोषिका पन्त उत्कृष्ट महिला मोडल – म्युजिक भिडियो
पवित्रा रिजाल उत्कृष्ट गायिका – भक्ति गीत विधा
प्रलाद चौहान : अग्रणी व्यक्तित्व सम्मान
प्रेम पाण्डे : उत्कृष्ट सह–अभिनेता सम्मान
पुरू भण्डारी : डेब्यू मोडल – उत्कृष्ट नव मोडल पुरुष
रविन लिम्बू :उत्कृष्ट गायक – आधुनिक/पप श्रेणी
राधिकामाया महर्जन : सर्वाङ्गीण सौन्दर्य साज–श्रृङ्गार विशेषज्ञ
रामप्रसाद खनाल (अध्यक्ष, IAF, अमेरिका) : सर्वाधिक लोकप्रिय लोकगायक – पुरुष
रमेश शाही :उत्कृष्ट उद्यमी – मिडिया तथा इभेन्ट व्यवस्थापन
रीमा विश्वकर्मा :सर्वाधिक लोकप्रिय महिला मोडल – म्युजिक भिडियो श्रेणी
रेशम सापकोटा :दशककै उत्कृष्ट लोकगायक सम्मान
रिता आचार्य : उत्कृष्ट नेतृत्व विशिष्टता सम्मान
सदिक्षा कर्माचार्य : उत्कृष्ट मेकअप आर्टिस्ट – म्युजिक भिडियो विधा
सदिक्षा पाण्डे :उत्कृष्ट उदियमान महिला मोडल सम्मान
सरु राई (सरस्वती) :उत्कृष्ट महिला गायक – पप श्रेणी
श्याम घिमिरे : उत्कृष्ट कृषि प्रवर्द्धक सम्मान
सोनिया चाम्लिङ राई :डेब्यू मोडल महिला – उत्कृष्ट नवप्रवेशी मोडल
सुहाना भट्टराई :सौन्दर्य क्षेत्रमा नवप्रवर्तन सम्मान
सुमी पराजुली :सर्वोत्कृष्ट भावनात्मक स्वर गायिका
सुनिता कुँवर : उत्कृष्ट सेलिब्रिटी ट्याटु कलाकार
सुनिता पंघों लिम्बू :उत्कृष्ट नेल टेक्निसियन सम्मान
सुरज थापा :उत्कृष्ट कार्यक्रम निर्देशक सम्मान
सुसिला गौतम :उत्कृष्ट लोक गायिका – महिला
तारा अधिकारी : उत्कृष्ट गीतकार – महिला (आधुनिक गीत)
तेज श्रेष्ठ ‘अञ्जन’ : प्रोत्साहन सम्मान
टेक बहादुर तामाङ : उत्कृष्ट गीतकार – पुरुष (आधुनिक विधा)
उमा बस्नेत :उत्कृष्ट सौन्दर्य प्रशिक्षक
उर्मिला पन्त :उत्कृष्ट उदियमान ब्यूटिसियन सम्मान
वेल क्लिक स्टुडियो :उत्कृष्ट फोटोग्राफी स्टुडियो सम्मान
यादव कार्की :प्रेरणादायी राष्ट्रिय गायक सम्मान
कार्यक्रमले नेपाली समाजका विभिन्न पाटोमा योगदान दिने श्रम, साधना र सिर्जनशीलताको कदर गर्दै विविध विधाका व्यक्तित्वहरूलाई एउटै मञ्चमा सम्मान गरिएको थियो ।
यस समारोहले स्रष्टा, सेवक, र समाजसेवी सबैलाई उर्जा दिने मात्र होइन, भावी पुस्तालाई पनि मार्गदर्शन गर्ने विश्वास आयोजक समितिका अध्यक्ष पाण्डेले व्यक्त गरे ।

