टप खबर

रास्व​पालाइ प्र​धान​म​न्त्री ओलीले भ​ने हस्ताक्षर तीन करोडभन्दा माथि नपुगोस्, त्यसभित्रै राख्नुहोला

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामा परेको विषयमा सरकारलाई जोड्न नहुने बताएका छन् ।

उनले अदालतले गर्ने निर्णयमा रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको पनि कटाक्ष गरे । उनी थुनामा पर्नुमा कुनै राजनीतिक प्रतिशोध नभई लामिछानेकै कर्मको फल भएको बताए ।

मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न प्रकारका अपराध गर्‍यो अनि सरकारलाई गाली गर्‍यो । सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्नु ! गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि लौ प्रतिशोध ! के को प्रतिशोध ?’

उनले रविमाथि राजनीतिक प्रतिशोध भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानमा तीन करोडभन्दा बढी पुग्ला भनेर समेत कटाक्ष गरे । ‘तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला । दुई चार जनालाई सही गरायो, घरमा गएर दनादन’, ओलीले भने, ‘मैले ल्याएको राजनीतिमा, के को प्रतिशोध ? के साँध्नु थियो ? असभ्य ढंगले बोलेको छ !’

उनले लामिछानेलाई आफूले उपप्रधानमन्त्री, गृहमन्त्री बनाएको बताए । राजनीतिमा पनि आफूले नै ल्याएको प्रधानमन्त्री ओलीले दाबी गरे । प्रधानमन्त्री ओलीले नयाँ दलहरू अर्काले लडेर, निर्वासनमा बसेर, जेलनेल भोगेर, पिटाइ–यातना, क्षति, बलिदान सहेर ल्याएको लोकतन्त्रमा ‘तर मारिरहेको’ टिप्पणी गरे ।

Tags

छुटाउनु भयो कि ?