खेलकुद

एनपीएलको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन २४ साउनमा हुने

Lumbinikhabar Online

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडीको अक्सन २४ साउनमा हुने भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गरी एनपीएलको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन २४ साउनमा हुने जानकारी दिएको हो । प्रवक्ता छुम्बी लामाका अनुसार एनपीएलका लागि ४५८ जना खेलाडीले  नाम दर्ता गराएका छन् ।

क्यानले एनपीएलको दोस्रो संस्करणका लागि खेलाडीलाई नाम दर्ताका लागि १२ देखि २२ जुलाईसम्मको समय तोकेको थियो ।

दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण एनपीएलमा सहभागी ८ फ्रेञ्चाइज टिमलाई उपलब्ध गराएर क्यानको प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाइज टोलीले इच्छ्याएका खेलाडीको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम नामावली प्रकाशन गरिने क्यानले जनाएको छ

Tags

छुटाउनु भयो कि ?