टप खबर

आजको दिनमा कोही पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैन: गगन थापा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत कार्यक्रम आवश्यक रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सञ्जालको उपयोग/दुरुपयोग’ विषयक गोष्ठी तथा विद्वान व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल अब जीवनको अभिन्न हिस्सा बनिसकेको उल्लेख गरेका हुन्।

महामन्त्री थापाले भने, ‘आजको दिनमा कोही पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैन। यो अब जीवनको एउटा अभिन्न हिस्सा (पार्ट अफ लाइफ) बनिसकेको छ।’

उनले सामाजिक सञ्जालको सचेत प्रयोगका लागि युवाहरूमाझ चेतनामूलक कार्यक्रम गर्न अत्यन्त आवश्यक रहेको बताए। थापाका अनुसार नेपालको सबैभन्दा ठूलो शक्ति जनसंख्या हो, तर त्यो स्थायी शक्ति होइन। उनले भने, ‘जनसंख्याको तागत अस्थायी हुन्छ। त्यसको तुरुन्तै लाभ लिन सक्नुपर्छ।’

विशेषगरी २४ वर्षभन्दा मुनिका किशोर–किशोरी र युवावर्गमा सामाजिक सञ्जालको सकारात्मक प्रयोग कसरी गर्ने भन्ने कुरामै देशको भविष्य निर्भर हुने उनले प्रस्ट पारे।

Tags

छुटाउनु भयो कि ?