रञ्जितकार समाज नेपालको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । साउन ३ गते शनिबार समाजको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
रञ्जितकार समाज नेपालका अध्यक्ष दिपक रञ्जितकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितकार, काठमाडौं महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभामा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । समाजका आजीवन सदस्यहरुलाई प्रशंशा पत्र समेत वितरण गरियो । कार्यक्रममा एसईईमा उत्तीर्ण भएका समाजका सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । साधारणसभामा विभिन्न सन्चारकर्मीलाई समेत सम्मान गरिएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २०, मजिपातमा रञ्जितकार समाज नेपालको कार्यालय रहेको छ ।

रंजितकारको मात्र दाहसंस्कार गर्ने स्थलको पूर्नर्निमाणमा रञ्जितकार समाज नेपाल महत्वपूर्ण भूमिका खेलेको बार्षिक साधारणसभामा जानकारी दिइयो ।
रञ्जितकार समाज नेपालले विभिन्न सामाजिक क्रियाकलापहरु गर्दे आएको रञ्जितकार समाज नेपालका अध्यक्ष दिपक रञ्जितकार जानकारी दिए । आगामी दिनमा पनि टोल सरसफाई, रक्तदान, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु निरन्तर आयोजना गरिने समाजका अध्यक्ष रञ्जितकारले बताए ।
रञ्जितकार समाज नेपालको बार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य रञ्जितकार, विशेष अतिथि काठमाडौं महानगर-२० का वडाध्यक्ष मानन्धरले समाजका गतिविधिहरु अझ बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

