टप खबर

पुटिनले धेरैलाई मूर्ख बनाए पनि मलाई मूर्ख बनाउन सक्दैनन् : ट्रम्प

Lumbinikhabar Online

मङ्गलबार बिबिसीसँगको अन्तरवार्तामा रुसी राष्ट्रपतिलाई विगतमा विश्वास गरेको विषयमा ट्रम्पले भने, ‘म कसैलाई पनि विश्वास गर्दिन। तपाईँलाई पनि।’ उनले पुटिनले विगतमा धेरै अमेरिकी राष्ट्रपतिलाई मूर्ख बनाएको भए पनि अहिले आफूलाई मूर्ख बनाउन नसक्ने बताए।

ट्रम्पको अहिलेको अभिव्यक्ति विगतको भनाइसँग धेरै कुरामा बाँझिएको भन्दै सञ्चार माध्यममा आलोचना भएको छ। ५ महिना अघि उनले पुटिनमाथि विश्वास भएको भन्दै पुटिनले युक्रेनमा शान्ति चाहने अभिव्यक्ति दिएका थिए।

अप्रिल महिनामा टाइम म्यागेजिनमा दिइएको अन्तरवार्तामा ट्रम्पले पुटिन शान्ति स्थापनामा सरिक हुने कुरा बताएका थिए।

Tags

छुटाउनु भयो कि ?