मनोरन्जन

भव्य रुपमा सम्पन्न भयो नेशनल किड्स एण्ड टिन्स सुपरस्टार

Lumbinikhabar Online

प्रतिभाशाली बालबालिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २ को ग्रान्ड फिनाले भव्य रूपमा म्युजिक सिटी नेपाल, बलकुमारी ललितपुरमा सम्पन्न भएको छ। यस ऐतिहासिक फिनालेमा अनुभव सापकोटा, स्मारिका गोले र सुस्लिना लोहनी ले आ–आफ्नो समूहमा विजेता बन्न सफल भएका छन्।

प्रतियोगिता ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा सम्पन्न भएको हो। पूर्व शिक्षा मन्त्री माननीय देवेन्द्र पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको यस कार्यक्रममा कलाकार, निर्णायक मण्डल, मिडिया प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकसहित हजारौं दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताको मुख्य विजेता विवरण यसप्रकार छ:

🔸 ब्वाइज समूह
– विजेता: अनुभव सापकोटा
– (Most Popular): संस्कृत चालिसे

🔸 जुनियर गर्ल्स समूह
– विजेता: स्मारिका गोले
– (Most Popular): बिलेव्समा गुरुङ

🔸 सिनियर गर्ल्स समूह
– विजेता: सुस्लिना लोहनी
–(Most Popular): आकृति राई

यस सिजनमा ललितपुर जिल्लाका १५ वटा विद्यालयहरूबाट २० जना प्रतिभावान बालबालिकाहरू सहभागी थिए। प्रतियोगीहरूले प्रशिक्षण चरणदेखि फिनालेसम्म आफ्नो कलात्मक क्षमता, व्यक्तित्व र प्रस्तुतीकरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

कार्यक्रमको संचालन तथा व्यवस्थापन कार्यक्रम निर्देशक तथा ब्ल्याक बर्ड इन्टरटेन्मेन्टकी प्रमुख कार्यकारी अधिकृत (CEO) सबिना श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो। उहाँले प्रतियोगिताको सम्पूर्ण यात्रा– प्रशिक्षण, ट्यालेन्ट राउण्डदेखि फिनालेसम्म– एक प्रेरणादायी अनुभव भएको बताउनुभयो।

उक्त अवसरमा सबै प्रतियोगीहरूलाई स्मृति चिन्ह, प्रमाणपत्र र पुरस्कार प्रदान गरियो। विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर, ट्रफी, मेडलसहित सम्मान गरियो।

साथै, सहभागी विद्यालयहरूलाई पनि उनीहरूको सहकार्य र समर्थनको कदरस्वरूप सम्मान–प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन निर्णायक मण्डल, प्रशिक्षकहरू, सल्लाहकारहरू, अभिभावक, टिम सदस्यहरू तथा सम्पूर्ण सहयोगीहरूप्रति ब्ल्याक बर्ड इन्टरटेन्मेन्टले हार्दिक धन्यवाद प्रकट गरेको छ।

ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट आगामी दिनहरूमा पनि यस्तै सृजनात्मक र प्रेरणादायी कार्यक्रमहरू मार्फत नयाँ पुस्ताको प्रतिभा उजागर गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धताका साथ अघि बढ्दैछ।

Tags

छुटाउनु भयो कि ?