यो वर्ष त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट ८९ हजार १९१ जना विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका छन् ।
यो संख्या १ असार २०८१ देखि २०८२ जेठ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गरेर ट्रान्सक्रिप्ट लिएका हुन् । जसमध्ये संकाय अन्तर्गत ७७ हजार २६३ अर्थात ८६.६३ प्रतिशत र अध्ययन संस्थान अन्तर्गत ११ हजार ९२८ अर्थात् १३.३७ प्रतिशत विद्यार्थी छन् ।
पारित भएको ग्रेसलिस्ट अनुसार सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन संकायमा छन् । व्यवस्थापन संकायमा ४३ हजार ६१० अर्थात् ४८.९० प्रतिशत हो । शिक्षाशास्त्र संकायमा १६ हजार ४६७ जना अर्थात् १८.४६ प्रतिशत, मानविकी तथा सामाजिकशास्त्र संकायमा १४ हजार ८५१ जना अर्थात् १६.६५ प्रतिशत विद्यार्थी छन् ।
त्यसैगरी, कानुन संकायमा २ हजार ३३५ जना अर्थात् २.६२ प्रतिशत, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ७ हजार ४६४ जना अर्थात् ८.३७ प्रतिशत, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा १ हजार ४६३ अर्थात् १.६४ प्रतिशत, चिकित्साशास्त्र अध्ययन संस्थानमा २ हजार २८० जना अर्थात् २.५६ प्रतिशत, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४७६ जना अर्थात् ०.५३ प्रतिशत र वन विज्ञान अध्ययन संस्थानमा २४५ जना अर्थात् ०.२७ प्रतिशत छन् ।
उच्च शिक्षा तहका आधारमा स्नातकमा ७० हजार ५८६ जना, पीजीडीएसमा १३२ जना, स्नातकोत्तरमा १७ हजार ८८२ जना, एमफिलमा ४२३ जना र विद्यावारिधि/डिएम/एमसिएचमा १६८ जनाले अध्ययन पूरा गरेका छन् ।
उच्च शिक्षा तहका आधारमा स्नातकमा ७० हजार ५८६ जना, पीजीडीएसमा १३२ जना, स्नातकोत्तरमा १७ हजार ८८२ जना, एमफिलमा ४२३ जना र विद्यावारिधि/डिएम/एमसिएचमा १६८ जनाले अध्ययन पूरा गरेका छन् ।

