टप खबर

प्रधानमन्त्री सचिवालयले स्पेन गएकामध्ये नफर्किएको नाम बताइदिन सोविता गौतमलाई आग्रह

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले स्पेन भ्रमण टोलीमा गएकाहरू नफर्किएको बताएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई जवाफ फर्काएको छ।

सांसद गौतमले आकस्मिक समयमा बोल्दै भिजिट भिसामा भइरहेको मानव तस्करीबारे पार्टीको धारणा राख्ने क्रममा भनेकी थिइन्, ‘स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्।

यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन। तर यो अत्यन्तै गम्भीर विषय हो।’

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ‘विकासका लागि वित्त’ विषयक सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन गएका थिए। स्पेनबाट उनी २० गते स्वदेश फर्किसकेका छन्।

यही विषयलाई लिएर रास्वपा सांसद गौतमले संसदमा समेत कुरा उठाएपछि प्रधानमन्त्री ओलीको सचिवालयले स्पेन गएकामध्ये को नफर्किएको हो? भनेर नाम बताइदिन आग्रह गरेको छ।

Tags

छुटाउनु भयो कि ?