नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ ।
प्रतिनिधि सभाको शनिवारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो । सभामा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरुले सहमति जनाएसँगै बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । पस्ताव पारित हुनुअघि सभामा छलफल भएको थियो । छलफलमा सहभागी सांसदहरुले उठाउनुभएका जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।

