टप खबर

भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउन सुमना श्रेष्ठको माग

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गरेकी छिन्।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको गुनासो गरिन्।

हामीले यो सदनमा यत्तिका दिनसम्म जनताको माग राखेर उभिरहेका छौँ, तर अहिलेसम्म पनि सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग बनाउँछु भनेर कतै पनि जनताको आवाजको सुनुवाई गरेको छैन। जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने?’

‘सरकार कसको लागि? निर्बल दुर्बलको लागि की शक्ति भएकाहरुको लागि? कहिलेसम्म हाम्रा युवाहरु देश छोडेर बाहिरिने? एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्ष लगाएर, त्यसमा पोलिसी रिफर्म गर्न पर्दैन?’

सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग किन नबनाएको भन्दै श्रेष्ठले प्रश्न समेत गरिन्।

Tags

छुटाउनु भयो कि ?