• २०८२ साउन ०४, शनिबार ( )
टप खबर

रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरानैटीमा रिहा गर्न अदाल​त​को आदेश

Lumbinikhabar Online

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरानैटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।
काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको आरोपमा तीनवटा कसुरमा प्रतिवादी बनाइएका मिश्र मंगलबार आफैँ अदालतमा हाजिर भएका थिए।

बयानपछि मंगलबार नै थुनछेक आदेश गर्दै जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी माग गर्न आदेश दिएको हो।

यसअघि राप्रपा महामन्त्री धवलशमशेर राणा पनि तीन लाख धरौटीमै रिहा भएका थिए। मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो।

यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र अरुको थुनछेकपछि मात्रै अदालतमा उपस्थित भएका हुन्।

Tags

छुटाउनु भयो कि ?