• २०८२ साउन ०२, बिहीबार ( )
टप खबर

प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको प्रचण्डको जिकिर

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यतामा रहेको बताएका छन्।

मंगलबार बिहान चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको बताए।

‘हामी अहिले प्रतिनिधिसभामा प्रतिपक्षको हिसाबले कमजोर छौँ,’ प्रचण्डले भने, ‘यही कारण हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै दुई सातासम्म संसद् अवरुद्ध पारेको माओवादीले गएको शुक्रबार नेकपा एमालेसँग दुई बुँदे सहमति गरेपछि संसद् अवरुद्ध गर्न छाडेको थियाे। तर, यही प्रकरणमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भने अझै संसद् अवरुद्ध जारी राखेका छन्।

भिजिट भिसा प्रकरणमा लामो समयसम्म संसद् अवरुद्ध गरेको माओवादीले बेअर्थको दुईबुँदे सम्झौता गरेको भन्दै कतिपयले आलोचना गरिरहेकाे सन्दर्भमा प्रचण्डकाे यस्ताे भनाइ आएकाे हाे।

Tags

छुटाउनु भयो कि ?