• २०८२ असार ३१, मंगलबार ( )
टप खबर

११ महिनामा वीरगञ्ज भन्सारले सङ्कलन ग​र्यो एक खर्ब ५८ अर्ब राजस्व

Lumbinikhabar Online

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रथ रहेको जानकारी दिए ।

‘विगत एघार महिनाको तथ्याङ्क केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ,’ उनले भने ‘राजस्व सङ्कलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ ।’

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?