• २०८२ असार ३१, मंगलबार ( )
टप खबर

इरान-इजरायल युद्ध जारी, हाल​स​म्म १० इज​राय​ली र​ २२४ इरानी मारिए

Lumbinikhabar Online

शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै पक्षको थप क्षति भएको छ। आइतबार राति इजरायली आक्रमणका कारण इरान रेभुलेसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमीको ज्यान गएको छ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार यता दुई सय २४ जना इरानीको ज्यान गएको छ। तेहरानमा सबैले सहर छाड्न थालेका छन्। सहर छोड्नेको संख्याले त्यो क्षेत्रमा मानिसको भीड बढेको छ।

यसैगरी, हाइफा र तेल अभिभमा भएको इरानको आक्रमणबाट १० जना भन्दा बढी इजरायली घाइते भएका छन्।

शुक्रबार इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचना तथा मानव बस्ती भएको क्षेत्रमा नै प्रहार गरेपछि शनिबार इरानले बालिस्टिक मिसाइलको प्रहार सुरु गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। क्यानडामा जी–७ बैठक सकेर फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

इरानले आक्रमण भइरहेको समयमा वार्ता सम्भव नहुने बताएको छ। इरानले कतार र ओमानका मध्यस्थ कर्तासँग सो कुरा बताएको रोयटर्सले उल्लेख गरेको छ।

Tags

छुटाउनु भयो कि ?