• २०८२ असार ३१, मंगलबार ( )
खेलकुद

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिप

Lumbinikhabar Online

अस्ट्रेलियालाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिकाले वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।

लड्र्स मैदानमा २ सय ८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा चौथो दिन पुरा गर्यो । योसँगै दक्षिण अप्रिकाले आईसीसी उपाधिको खडेरी पनि तोडेको छ ।

लड्र्स मैदानमा  २ सय ८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकालाई चौथो दिन जितका लागि ६९ रनको आवश्यकता थियो र उसले २ विकेटको नोक्सानीमा २ सय १३ बाट ब्याटिङ थालेको थियो । जितका लागि बाँकी ६९ रन दक्षिण अफ्रिकाले ३ विकेटको क्षतिमा पुरा गर्यो ।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले दिनको तेस्रो ओभरमै विपक्षी कप्तान टेम्बा बावुमालाई ६६ रनमा क्याच आउट गराएर अस्ट्रेलियन टोलीमा आशा जगाए, त्यसमा मिचेल स्टार्कले ट्रिस्टन स्टब्सलाई बोल्ड गर्दै दक्षिण अफ्रिकी टोलीको तनाव थप बढाए, त्यतिबेला दक्षिण अफ्रिकालाई जितका लागि ४१ रन चाहिएको थियो । तर अर्को एण्डमा शतक बनाएका ओपनर ऐडन मार्करामले टिमलाई जिततिर निन्रतर अघि बढाए । उनी १ सय ३६ रनको उत्कृष्ट इनिङ खेलेर आउट भए ।

त्यसपछि डेभिड बेडिङह्याम र काइल भेरेनले बाँकी रन पूरा गर्दै दक्षिण अफ्रिकालाई जित दिलाए।  यससँगै दक्षिण अफ्रिका न्यूजिल्यान्ड (२०२१) र अस्ट्रेलिया (२०२३) पछि वल्र्ड टेस्ट च्याम्पियन बन्ने तेस्रो टोली बनेको छ

Tags

छुटाउनु भयो कि ?